‘अमेरिकन आइडल’ को शीर्ष २० मा छानिएपछि चर्चामा नेपाली गायक दिवेश « Khabarhub

‘अमेरिकन आइडल’ को शीर्ष २० मा छानिएपछि चर्चामा नेपाली गायक दिवेश


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा शीर्ष २० मा परेपछि चर्चामा छन् । उनी अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पुगेका हुन् ।

केही वर्षयता अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । पप शैलीका गीत गाउन रुचाउने दिवेश अमेरिकन आइडलमा छानिएपछि उनको थप चर्चा चुलिएको हो ।

दिवेशले आइडलको परिचयात्मक भिडियोमा आफ्नो परिचय दिँदै स्टेज नाम ‘अर्थर गन’ भएको र नेपाल साँच्चिकै सुन्दर देश भएको बताएका थिए ।

दिवेशले आइतवार प्रसारण भएको अमेरिकन आइडलमा दिएको प्रस्तुतिले निर्णायकको मन जितेको थियो । युट्युब भिडियोमा कमेन्ट गर्दै कतिले त दिवेशलाई सन् २०२० को अमेरिकन आइडल विजेतासमेत भन्न थालिसकेका छन् ।

हिजो (फेब्रुअरी १६) देखि प्रसारण भएको यो रियालिटी शोमा दिवेशको प्रस्तुति हेरेर नेपालीले पनि अमेरिकन आइडल हेर्न थालेका छन् ।

गायक पोखरेलले न्यानो घर, समुन्द्र पारी, कर्णाली, मन, प्रलय ए, प्रलय बी लगायतका गीत गाएका छन् ।

अमेरिकन आइडलको निर्णायकमा लुक ब्रायन, लाइनल रिची र केटी पेरी निर्णायकको भूमिकामा छन् । निर्णायकले दिवेशको खुलेर तारिफ गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : ३८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज