कानूनमन्त्री बन्ने भइन् तुम्बाहाङफे, आजै शपथ ग्रहण गर्ने « Khabarhub

कानूनमन्त्री बन्ने भइन् तुम्बाहाङफे, आजै शपथ ग्रहण गर्ने


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङफेले आज (सोमबार) दिउँसो साढे ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदै छिन् ।

नेकपाले अग्नि प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएकी थिइन् ।

सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार नेकपाले सभामुखका लागि अर्का उम्मेदवार उठाएपछि शिवमायाले राजीनामा दिनु परेको थियो ।

समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : २५ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्