यौन क्रियाकलापको पूर्ण विवरण दिने कण्डम (फोटो फिचर) « Khabarhub

यौन क्रियाकलापको पूर्ण विवरण दिने कण्डम (फोटो फिचर)


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वको पहिलो स्मार्ट कण्डम निर्माण कम्पनीले यौन क्रियालापको पूर्ण विवरण दिने कण्डम सार्वजनिक गरेको छ ।

ब्रिटेनको कम्पनीले उत्पादन गरेको आई डट कन (i.Con) नामक स्मार्ट कण्डममा ब्लूटूथ जडान गरिएको छ। जसले तपाईँको बेडमा हुने परफरमेन्सलाई समेत बताउन सक्दछ ।

कम्पनीले यो कण्डमले यौनजन्य रोगहरु पत्ता लगाउने, प्रयोगकर्ताको कार्यक्षमता देखाउने र यौन कार्यको समयमा कति क्यालोरी घट्यो भन्ने समेत जानकारी दिन्छ ।

यो एउटा कण्डम मात्र नभई कण्डमका साथमा लगाउन मिल्ने एउटा रिङ्ग हो, जसले प्रयोगकर्ताहरुको विभिन्न जानकारी स्मार्टफोन मार्फत दिन्छ ।

कम्पनीले सार्वजनिक गरेको फोटो हेर्दा यो एउटा रिङ्ग आकारमा रहेको वेयरेबल डिभाइस मात्र हो, जून अन्य लोकप्रिय सेक्स टोयजस्तै छ । जून लिङ्गको आधारमा राख्न सकिन्छ ।

यो डिभाइसको कयौं फाईदाहरु छन्, स्मार्टफोनमार्फत सम्पर्क हुने डिभाईसले व्यक्तिगत अन्तरंग गतिबिधिहरुको बारेमा गोप्य रुपमा जानकारी लिन्छ ।

उत्पादक ब्रिटिस कण्डमका अनुसार यो हलुका तथा वाटररेसिस्ट रहेको छ । जसमा नानो चिप र ब्लूटूथ प्रयोग गर्न सकिने प्रविधि छ ।

यसले प्रयोगकर्ताको यौन जीवनको तथ्यांकहरु दिएर सुधार्न सहयोग गर्दछ । यसबाट यौन कार्य अवधि, गति, र कम्मरको नापको जानकारी पाइन्छ ।

यो डिभाइसले क्यालोरी घटेको मात्रा, विभिन्न आसनहरु र यौनरोगहरु क्लामिडिया र सिफलिसको जानकारी राख्दछ । यो आई डट कन स्मार्ट कण्डमको मूल्य ८०.९९ अमेरिकी डलर तोकिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : २१ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई