१७ किलोमिटर वरबाटै फर्किए कालापानी पुग्ने भनेका रक्षामन्त्री पोखरेल « Khabarhub

१७ किलोमिटर वरबाटै फर्किए कालापानी पुग्ने भनेका रक्षामन्त्री पोखरेल


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दार्चुला– भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली करिब १७ किलोमिटर वरबाटै फर्किएको छ ।

आइतबार दार्चुलाको खलंगा पुगका मन्त्री पोखरेल सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रको निरीक्षणका लागि भनेर निस्किएका थिए ।

तर, मन्त्री पोखरेल नेतृत्वको टोली छाङ्गरुकै आकाशबाटै फर्किएको छ ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहोरा तथा मानबहादुर धामीसहित १० जनाको टोली प्रतिकूल मौसमको कारण देखाउँदै छाङ्गरुबाट फर्किएको हो ।

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ३४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका