१०३ दिन पछि थुनामुक्त भए पूर्वसभामुख महरा « Khabarhub

१०३ दिन पछि थुनामुक्त भए पूर्वसभामुख महरा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् ।

डिल्लीबजार कारागार कार्यालयले केही समय अगाडि मात्रै महरालाई थुनाबाट रिहाइ गरेको हो ।

अदालतको आदेशानुसार थुनामुक्त भएका महरालाई कारागारमै कैद सजाय भुक्तान गरिरहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला लगायतले खादा र माला लगाएर बिदाई गरे ।

कारागारबाट रिहाइ भएका महरालाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले पनि स्वागत गरेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले सोमबार महराविरुद्धको दावी नपुग्ने ठहर गर्दै सफाइको फैसला सुनाएको हो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको थियो ।

असोज १९ गते पक्राउ परेका महराले करिब ३० दिन प्रहरी हिरासतमा बिताए । त्यसबीचमा बिरामी परेको भन्दै महरा धेरै दिन अस्पतालमा पनि बसे ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेपछि भने उनी डिल्लीबजार कारागारकै थुनामा रहे । डिल्लीबजार कारागारमा उनले १०३ दिन बिताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार