एसीसी इस्टर्न रिजन : च्याम्पियन हुने लक्ष्यसहित तयारीमा जुट्यो नेपाल | Khabarhub Khabarhub

एसीसी इस्टर्न रिजन : च्याम्पियन हुने लक्ष्यसहित तयारीमा जुट्यो नेपाल



काठमाडौं– पछिल्लो केही महिना यता नेपाली क्रिकेट खेलाडीहरु निकै व्यस्त बनेका छन । मंसिर यता ३ ठूला प्रतियोगिता आयोजना भएपछि उनीहरुको व्यस्तता बढेको हो । यो अवधिमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता र दुई घरेलु प्रतियोगितामा उनीहरु व्यस्त रहे ।

उनीहरुले दक्षिण एसियाली खेलकुद (साग), पोखरा प्रिमियर लिग (पीपीएल), एमएम कप एक दिवसिय क्रिकेट प्रतियोगिता र आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला ।

यी सवै प्रतियोगितामा नेपाली टोली व्यस्त बनेका थिए । अब पुनः नेपाली टोली एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटको तयारीमा जुटेको छ । खेलाडीहरु बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले गएको हप्ता नै इस्टर्न रिजन खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीले ‘नेट प्राक्टिस’ शुरु गरेको छ ।

काठमाडौंमा झण्डै १० दिनको अभ्यासपछि फागुन १७ देखि शुरु हुने प्रतियोगिताका लागि नेपाली टोली थाइल्याण्ड जानेछ ।

नेपालले प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यसहित अभ्यास शुरु गरेको कप्तान ज्ञानेन्द्र मल्लले बताए । ‘हामीले प्रतियोगिता जित्नै पर्छ । नम्बर एक हुनुपर्छ ! पछिल्लो एक–डेढ महिनादेखि राम्रो अभ्यास गरेका छौं,’ कप्तान मल्लले भने,‘टिममा टि–२० ‘स्पेसिफिक’ २–४ जना खेलाडी पनि छन् । राम्रो हुने अपेक्षा छ ।’

नेपालको इस्टर्न रिजनका लागि घोषणा गरेको टोलीमा पवन शरार्फ, भुवन कार्की, किशोर महतो, सन्दीप जोरालाई राखेको छ । कप्तान मल्ल अहिले टोलीमा आएका खेलाडीहरु ‘पोटेन्सीएल’ भएका खेलाडी रहेको बताउँछन् । यसमध्ये किशोर पहिलो पटक टोलीमा परेका हुन् भने भुवनले अन्तिम पटक नेपालका लागि २०१७ मा बंगलादेशमा भएको इमर्जिङ कप खेलेका थिए । त्यसयता टोलीमा पर्न नसकेका भुवनले घरेलु लिगमा राम्रो प्रदर्शन गरिरहेका कारण टोलीमा पर्न सफल भएको कप्तान मल्लले बताए ।

‘भवनले पछिल्लो प्रतियोगितामा राम्रो खेलिरहेका छन् । पहिले खेलेको अनुभव छ र अहिले गरिरहेको प्रदर्शन सन्तुलिग तरेर खेल्न सके उनीबाट राम्रो गरेका छौं,’ मल्लले भने ।’

टोलीमा अहिले करण केसी, अभिनास बोहरा र किशोर महतो तीव्र गतिका बलर छन् । नियमित खेलाडी सोमपाल कामी टोलीमा नहुँदा नेपाललाई उनको अनुपस्थित खड्किरहेको छ ।

करण केसीले हरेक प्रतियोगितामा बलियो उपस्थिति देखाइरहँदा उनलाई साथ दिने तीव्र गतिका बलर टोलीमा नहुँदा समस्या भइरहँदा पहिलो पटक टोलीमा परेका किशोर महतोले उनको स्थान लेलान् त ? कप्तान मल्ल भन्छन्– ‘किशोर क्षमतावान खेलाडी हुन् ।’

‘किशोर राम्रो पेश बलर हुन् । उनी उदीयमान खेलाडी पनि हुन् । पछिल्लो समय पनि क्याम्पमा थिए । त्यसै अनुसार मेहनत गरिरहेका छन्,’ कप्तान मल्लले भने, ‘सोम पनि मिस भएको भएर पेश बलरलाई राम्रो गराउने तयारी गरिरहेका छौं ।’

इस्टर्न इस्टर्न रिजन प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, म्यानमार हङकङ, मलेसिया र सिंगापुर रहेका छन् । यो प्रतियोगितामा नेपाल एकमात्रै देश एकदिवसीय (ओडीआई) मान्यता प्राप्त राष्ट्र हो ।

प्रतियोगितामा नेपाल भन्दा कमजोर टोली रहेकाले उनीहरुलाई पराजित गर्नुपर्ने बाध्यता नेपाललाई छ । यद्यपि कप्तान मल्लले टी–२० मा कुनै पनि टोली कमजोर नहुने बताउँछन् ।

‘टी–२० मा राम्रो–नराम्रो हुँदैन । तर पनि एक–दुईवटा टोली हाम्रो स्तर भन्दा धेरै तल छन्,’ कप्तान मल्लले भने, ‘उनीहरुले पनि पछिल्लो समय राम्रो खेलिरहेका छन् । यत्ति कै जितिँदैन् । खेलको दिन जसले राम्रो खेल्छ उसले जित्ने हो ।’

पाकिस्तानमा हुने एसीया कपमा कसरी पुग्न सक्छ नेपाल ?

एसियन क्रिकेट काउन्सिलले इस्टर्न र वेस्र्टन रिजन गरी दुई क्षेत्रमा बाँडेर एसिया कपको छनोट गर्दैछ । जसमा इस्टर्न रिजनमा ८ टोली रहेका छन् । नेपाल, थाइल्यान्ड, भुटान, म्यानमार, हङकङ, चीन, मलेसिया र सिंगापुर छन् । तर, कोरोना भाइरसका कारण चीन र मलेसिया नखेल्ने हल्ला भइरहँदा आधिकारिक निर्णय भने आइसकेको छैन ।

उता, वेस्र्टन रिजनमा ओमान, बहराइन, कुवेत, माल्दिभ्स, कतार र साउदी अरब रहेका छन् । इस्टर्नका शीर्ष २ तथा वेस्टर्न रिजनका शीर्ष २ टोलीबीच एसिया कप फाइनल क्वालिफायर हुनेछ । उक्त क्वालिफायरको विजेता टोली पाकिस्तानमा आगामी सेप्टेम्बरमा हुने एसिया कप खेल्नेछ ।

एसिया कपमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता भारत, आयोजक पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छनोट भइसकेका छन् ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनास बोहरा, किशोर महतो, भुवन कार्की, पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : ५९ बजे

आईपीएल : वैभवको शतकमा राजस्थानले गुजरातलाई सजिलै हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले

स्पेन र पोर्चुगलका धेरै भागमा विद्युत् बन्द, रेल र हवाई सेवा स्थगित

मड्रिड – स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिसियाले देशभर विद्युत् आपूर्ति

आईपीएलमा १४ वर्षीय किशोरको सनसनी, सूर्यवंशीले गुजरातविरूद्ध ३५ बलमै बनाए शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४७औं खेलमा गुजरात

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ताले भने : शिक्षकहरुसँगको वार्ता सकारात्मक

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरुसँगको

सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता जारी

काठमाडौं – आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्री रघुजी मन्तबीच वार्ता