महाशिवरात्रिका लागि २ हजार बढी साधुसन्त पशुपतिनाथ आइपुगे  | Khabarhub Khabarhub

महाशिवरात्रिका लागि २ हजार बढी साधुसन्त पशुपतिनाथ आइपुगे 


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि लागि दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेको  जानकारी दिएको छ ।

फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने कोषले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ ।

यस वर्ष एकादशीका दिन बिहान सवा दश बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्ने कार्यक्रम तय भएको छ ।

यसैबीच, कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउँदै छ । महाशिवरात्रि मनाउन कोष सञ्चालक परिषद् अध्यक्ष रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिअन्तर्गत ११ उपसमिति पनि गठन भएको छ । यसवर्ष महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन मङ्गलबार बिहान पशुपतिबाट तिलगङ्गा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–बिजुलीबजार हुँदै बबरमहलबाट माइतीघर मण्डलासम्म शोभायात्रा निकाल्न लागिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

शोभा यात्रामा मूल समारोह समितिको अध्यक्ष रहेका मन्त्री भट्टराई, सांसदलगायत सहभागी हुनु हुनेछ । बिहान ७ः३० बजे शुरु हुने शोभायात्रामा सहभागी हुन कोषले भक्तजनमा आह्वान गरेको छ । यात्रामा सांस्कृतिक झाँकीसहित महाशिवरात्रि र नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गरिने उनले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : ५३ बजे

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको

मनै लोभ्याउने पुनहिल

गण्डकी- झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ। पुनहिल गएर सूर्योदय

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटना