३८ क्वीन्टल सुन तस्करी प्रकरण : सुटुक्क हाजिर भएका चार जना धरौटीमा रिहा « Khabarhub

३८ क्वीन्टल सुन तस्करी प्रकरण : सुटुक्क हाजिर भएका चार जना धरौटीमा रिहा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करीब ३८ क्वीन्टल सुन तस्करीको चर्चित प्रकरणका फरार ४ जना अभियुक्त सुटुक्क हाजिर भएपछि जिल्ला अदालत मोरङले धरौटिमा छाडेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले धरौटीमा छाड्ने आदेश दिएपछि चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, चेतनाथ भण्डारी, गीता श्रेष्ठ र सुनील श्रेष्ठ रिहा भएका हुन् ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करीब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा २०७५ बैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएको थियो ।

उनिहरुमाथी अपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो ।

फरक-फरक मितिमा हाजिर भएका उनीहरुलाई जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले गत पुस ४, १६ र २१ गते उनिहरुलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

२०७४ फागुन १८ गते उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सुन तस्करीको प्रकरण बाहिरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ५७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया