३८ क्वीन्टल सुन तस्करी प्रकरण : सुटुक्क हाजिर भएका चार जना धरौटीमा रिहा | Khabarhub Khabarhub

३८ क्वीन्टल सुन तस्करी प्रकरण : सुटुक्क हाजिर भएका चार जना धरौटीमा रिहा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करीब ३८ क्वीन्टल सुन तस्करीको चर्चित प्रकरणका फरार ४ जना अभियुक्त सुटुक्क हाजिर भएपछि जिल्ला अदालत मोरङले धरौटिमा छाडेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले धरौटीमा छाड्ने आदेश दिएपछि चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, चेतनाथ भण्डारी, गीता श्रेष्ठ र सुनील श्रेष्ठ रिहा भएका हुन् ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करीब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा २०७५ बैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएको थियो ।

उनिहरुमाथी अपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो ।

फरक-फरक मितिमा हाजिर भएका उनीहरुलाई जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले गत पुस ४, १६ र २१ गते उनिहरुलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

२०७४ फागुन १८ गते उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सुन तस्करीको प्रकरण बाहिरिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ५७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’