सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रतिबद्ध छौंः मुख्यमन्त्री भट्ट « Khabarhub

सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रतिबद्ध छौंः मुख्यमन्त्री भट्ट


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुख्यमन्त्री चिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध भएर लागेको बताएका छन् ।

कैलालीको चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्षको समीक्षा गर्दा सन्तोषजनक रहेको बताउँदै प्रदेश सरकारले सङ्घीयताको जग बलियो बनाउने काम गरेको बताए । मुख्यमन्त्री भट्टले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको दाबी गरे ।

प्रदेशको नामकरण र राजधानी तोक्नुलाई सरकारको मुख्य उपलब्धि ठान्दै उहाँले ३१ वटा कानून निर्माण गरी सरकारबाट सेवा प्रवाह भइरहेको बताए ।

प्रदेश सरकारको जिम्मेवारी सम्हाल्दा कानून र संरचना अभाव भएकाले अहिले हामीले कानून कार्यान्वयन तथा कार्यालय व्यवस्थित गरेको उनको भनाइ छ । कर्मचारी अभावका कारण प्रदेश सरकारले चाहेको गतिमा काम गर्न नसकेको उनले स्वीकार गरे ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : १५ बजे

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही