सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रतिबद्ध छौंः मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रतिबद्ध छौंः मुख्यमन्त्री भट्ट


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुख्यमन्त्री चिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रदेशको समग्र विकासका लागि प्रतिबद्ध भएर लागेको बताएका छन् ।

कैलालीको चुरे गाउँपालिका–६ स्थित बयलामा मेलकट्टेश्वर माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्षको समीक्षा गर्दा सन्तोषजनक रहेको बताउँदै प्रदेश सरकारले सङ्घीयताको जग बलियो बनाउने काम गरेको बताए । मुख्यमन्त्री भट्टले दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासलगायत विषयलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरेको दाबी गरे ।

प्रदेशको नामकरण र राजधानी तोक्नुलाई सरकारको मुख्य उपलब्धि ठान्दै उहाँले ३१ वटा कानून निर्माण गरी सरकारबाट सेवा प्रवाह भइरहेको बताए ।

प्रदेश सरकारको जिम्मेवारी सम्हाल्दा कानून र संरचना अभाव भएकाले अहिले हामीले कानून कार्यान्वयन तथा कार्यालय व्यवस्थित गरेको उनको भनाइ छ । कर्मचारी अभावका कारण प्रदेश सरकारले चाहेको गतिमा काम गर्न नसकेको उनले स्वीकार गरे ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : १५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’