काठमाडौं – १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
आगामी मार्च २९ देखि मे २४ सम्म सञ्चालन हुने १३ औं संस्करणको आइपीएलमा पहिलो खेल चेन्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच हुने भएको छ ।
मुम्बई साविक बिजेता हो भने चुन्नई पनि सर्बाधिक सफल टिम हो । खेल मुम्बईको घरेलु मैदान वानखडे स्टेडियममा हुनेछ ।
सबै टोलीले १४/१४ वटा खेल खेल्ने यो लिगको अन्तिम खेल मे १७ मा रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच नै हुनेछ । फाइनल खेल भने मे २४ मा वानखेडे स्टेडियममै हुनेछ ।
प्रतियोगितामा नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले मार्च ३० मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग खेल्नेछ ।
सनराइजर्स हैदरावादले यो सिजन अप्रिल १ मा मुम्बईसँग खेलेर आफ्नो यात्रा थाल्नेछ। भने बैंग्लोरले मार्च ३१ मा कोलकाता नाइट राइडर्ससँग पहिलो खेल खेल्नेछ।यस सिजनमा हेरक आइतबार दुई खेल हुनेछन । अरु दिन एक खेल मात्र खेलाइनेछ ।
यसैकारण यस पटकको प्रतियोगिता अरु सिजन भन्दा ६ दिन अधिक अर्थात ५० दिन सम्म चल्नेछ । सबै खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेदेखि सुरु हुने छन् ।
प्रतिक्रिया