कोरोना भाइरस : कठोर प्रतिबन्धकाबीच युरोपमा २८ सय १६ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : कठोर प्रतिबन्धकाबीच युरोपमा २८ सय १६ को मृत्यु

इटालीको अवस्था भयाभह


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ –  कठोर प्रतिबन्धकाबीच युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अस्वभाविक तवरले बढेको छ ।

युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ ।

सोमबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट ७ हजार १ सय ६४ जनाको मृत्यु हुँदा सबैभन्दा बढी चीनपछि युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको हो ।

युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्दा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

इटालीमा ‘लक डाउन’ 

इटाली ‘लक डाउन’ मा रहँदा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन । बरु संक्रमण बढ्दो अवस्थामा देखिएको छ । कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ ।

थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ।

२७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरे पनि संक्रमण रोकिएको छैन ।

इटालीपछि युरोपेली मुलुकहरुमा कोरोनाको संक्रमणबाट चपेटामा परेको मुलुक हो स्पेन । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ भने ९ हजार ९ सय ४२ जना संक्रमित भएका छन् ।

यस्तै फ्रान्समा १४८ जना, बेलायतमा ५५, नेदरल्याण्डमा २४, स्विटजरल्याण्डमा १९, जर्मनीमा १७, बेल्जियममा १०, स्वीडेन र सनमारिनोमा ७/७ जना, डेनमार्क, ग्रिस र पोल्याण्डमा ४/४ जना, अष्ट्रिया र नर्वेमा ३ जनाको मृत्यु भएको छ।

यस्तै आयरल्याण्ड र बुल्गेरीयामा २/२ जनाको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु हुँदा पोर्चुगल, सोल्मेनिया, लक्जेमबर्ग, अल्बानिया, अजरबैजान र युक्रेनमा १/१ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत शनिबार कोरोना भाइरसको ‘इपिसेन्टर’ अब युरोप भएको चेतावनी दिएको थियो ।

गत डिसेम्बर ३१ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस रोगथामका अनेकौं प्रयास भए पनि खोप र औषधिको विकास भइ नसक्दा मानवीय क्षति बढ्दै गएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : २८ बजे

जंगली हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।