कोरोना भाइरस : कठोर प्रतिबन्धकाबीच युरोपमा २८ सय १६ को मृत्यु « Khabarhub

कोरोना भाइरस : कठोर प्रतिबन्धकाबीच युरोपमा २८ सय १६ को मृत्यु

इटालीको अवस्था भयाभह


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ –  कठोर प्रतिबन्धकाबीच युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अस्वभाविक तवरले बढेको छ ।

युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ ।

सोमबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट ७ हजार १ सय ६४ जनाको मृत्यु हुँदा सबैभन्दा बढी चीनपछि युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको हो ।

युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्दा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन ।

इटालीमा ‘लक डाउन’ 

इटाली ‘लक डाउन’ मा रहँदा पनि कोरोना भाइरसको संक्रमण रोकिएको छैन । बरु संक्रमण बढ्दो अवस्थामा देखिएको छ । कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ ।

थप ३२ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । उपचार गराइरहेका २३ हजार ७३ जनामध्ये १८ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ।

२७ सय ४९ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरे पनि संक्रमण रोकिएको छैन ।

इटालीपछि युरोपेली मुलुकहरुमा कोरोनाको संक्रमणबाट चपेटामा परेको मुलुक हो स्पेन । स्पेनमा ३ सय ४२ जनाको मृत्यु भएको छ भने ९ हजार ९ सय ४२ जना संक्रमित भएका छन् ।

यस्तै फ्रान्समा १४८ जना, बेलायतमा ५५, नेदरल्याण्डमा २४, स्विटजरल्याण्डमा १९, जर्मनीमा १७, बेल्जियममा १०, स्वीडेन र सनमारिनोमा ७/७ जना, डेनमार्क, ग्रिस र पोल्याण्डमा ४/४ जना, अष्ट्रिया र नर्वेमा ३ जनाको मृत्यु भएको छ।

यस्तै आयरल्याण्ड र बुल्गेरीयामा २/२ जनाको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु हुँदा पोर्चुगल, सोल्मेनिया, लक्जेमबर्ग, अल्बानिया, अजरबैजान र युक्रेनमा १/१ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत शनिबार कोरोना भाइरसको ‘इपिसेन्टर’ अब युरोप भएको चेतावनी दिएको थियो ।

गत डिसेम्बर ३१ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस रोगथामका अनेकौं प्रयास भए पनि खोप र औषधिको विकास भइ नसक्दा मानवीय क्षति बढ्दै गएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : २८ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्