नमस्ते गर्न रोक लगाएको अलबामाले २७ बर्षपछि गर्‍यो योगाको प्रतिबन्ध फुकुवा « Khabarhub

नमस्ते गर्न रोक लगाएको अलबामाले २७ बर्षपछि गर्‍यो योगाको प्रतिबन्ध फुकुवा


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नमस्ते गर्न रोक लगाएको अमेरिकाको अलबामा राज्यले योगामाथि लगाएको प्रतिबन्ध भने २७ बर्षपछि फुकुवा गरेको छ ।

कट्टरपन्थी समुहको दवाबमा सन् १९९३ मा अलबामा शिक्षा बोर्डले सबै सार्वजनिक विद्यालयहरुमा योगामाथि प्रतिबन्ध लगाएको थियो ।

करिब एक महिनासम्मको गहन छलफलपछि गत साता त्यहाँको संसदले योगामाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

डेमोक्रेटिक पाटी विधायक जेरेमी ग्रेद्वारा पेश गरिएको योगा फुकुवा विधेयकमा गत साता संसदमा मतदान भएको थियो । मतदान हुँदा विधेयकको पक्षमा ८४ र विपक्षमा १७ मत परेको थियो ।

योगामा फुकुवा गरिएपनि नमस्तेमाथि भने प्रतिबन्ध भने कायमै राखिएको छ । विश्वभरका नेताहरु कोरोनाका कारण हात मिलाउन छाडेर नमस्तेको अनुशरण गरिरहेका बेला यस्तो अन्यौल देखिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ३० बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब