अमेरिकन आइडलको स्टेजमा दिवेशले गाउँदा जजले भने – बब मार्ली सम्झिएँ « Khabarhub

अमेरिकन आइडलको स्टेजमा दिवेशले गाउँदा जजले भने – बब मार्ली सम्झिएँ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकन आइडलमा शीर्ष २० मा छानिएपछि एकाएक चर्चा कमाएका गायक दिवस पोखरेलले आइडलको स्टेजमा गीत गाउँदा जजहरु उभिँदै उनको तारिफ गरेका छन् ।

मंगलवार प्रसारण गरिएको अमेरिकन आइडलमा आर्थन गन भनेर आफूलाई चिनाउन चाहने दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्याण्डल’ गाएका थिए ।

गीत गाउनुपूर्व उनले आफू नेपालबाट भएको र यो सगरमाथाको देश भएको भन्दै चिनाए ।

उनले गीत गाउन शुरु गर्दा नै तीनैजना जज प्रभावित भएर उठे । यसअघि पनि दिवेशको निर्णायकले खुबै तारिफ गरेका थिए ।

आफै कम्पोज गरेर नेपाली गीत गाउने आर्थर ५ वर्षअघि अमेरिका गएका थिए ।

मंगलवार प्रसारण भएको शोमा दिवेशले पाएको प्रतिक्रियाले उनी पनि खुशी देखिन्थे । दिवेशको प्रस्तुतिका बेला दर्शकको पनि उस्तै साथ थियो ।

निर्णायक लायनल रिचेले दिवेशलाई चर्चित गायक बब मार्ली सम्झाएको भन्दै दिवेशको तारिफ गरे । यता केटी पेरीले पनि थप अझै गाउन भन्दै हौसला दिउका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ४० बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि