२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै « Khabarhub

२ नम्बर प्रदेशको स्थायी राजधानी र नाम तोक्न आज मतदान हुँदै


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तोक्ने विषयमा मंगलबार प्रदेशसभामा मतदान हुने भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिहान ८ बजे नै प्रदेशसभा बैठक बोलाइएको भएपनि करिब ११ बजेतिर मात्रै बैठक शुरु भएको छ ।

बैठकमा अहिले प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानी र नामको विषयमा बोलिरहेका छन् ।

प्रदेशसभाको पहिलो बैठक बसेको झन्डै २५ महिना पछि २ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा मतदान हुन लागेको हो ।

स्थायी राजधानी जनकपुरधामलाई तोक्ने विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको एकमत छ । तर, नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।

प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशसभाको स्थायी राजधानी र प्रदेशको नाम परित गर्ने संवैधानिक व्यवस्था छ । पहिलो चरणमा दुईतिहाई बहुमत नपुगे दोस्रो चरणमा मतदान हुने छ ।

कूल १ सय ७ जना सांसद रहेको प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२, प्रदेश सरकारको सत्तारुढ दल समाजवादी पार्टीको ३०, नेपाली कांग्रेसको २९, सत्ता साझेदार राष्ट्रिय जनता पार्टीको २५ तथा संघीय समाजवादी पार्टीको १ सिट छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ११ : ३२ बजे

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल