हलमा छैनन् नयाँ फिल्म ! « Khabarhub

हलमा छैनन् नयाँ फिल्म !


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण नेपालको फिल्म क्षेत्रमा पनि संकट देखा परेको छ । हलमा नयाँ फिल्म रिलिज हुन सकेका छैनन् भने प्रदर्शनरत फिल्म पनि उत्रिने अवस्थामा छन् ।

फागुन ३० मा रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि स्थगित गरियो । अर्को फिल्म ‘नीरफूल’ पनि तत्काल प्रदर्शनमा नआउने भयो ।

कतिपय बलिउड र हलिउडका फिल्मको पनि निर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । अब फिल्म हलमा दुईवटा मात्र विकल्प छन् – कि त हल नै बन्द गर्नुप¥यो । या त पुराना फिल्म प्रदर्शन गर्नुपर्‍यो ।

सिङ्गल थिएटरमा फिल्म नहुँदा प्रदर्शन गरिएका फिल्म पुनः प्रदर्शन हुने गर्थे । यतिबेला भने फिल्मको अभावले प्रदर्शन भइसकेका फिल्म मल्टिप्लेक्समा पनि पुनः प्रदर्शन हुने अवस्था आएको छ ।

नेपालमा सबैभन्दा ठूलो चेन भएको क्युएफएक्स सिनेमाले केही हलमा यसअघि नै प्रदर्शन गरिएको फिल्म ‘लभ डायरिज’ लाई पुनः हलमा प्रदर्शन गरेको छ ।

यतिबेला नेपालमा फिल्म ‘आमा’ केही हलमा प्रदर्शन भइरहेको छ भने अरु बलिउड र हलिउड फिल्म पनि प्रदर्शनरत छन् ।

नयाँ फिल्म प्रदर्शन हुन नसक्दा हलमा आउने फिल्मको सूची नै खाली छ । न त छिट्टै आउने फिल्मको सूचीमा पनि कुनै फिल्मको नाम छैन ।

कोरोना भाइरस संक्रमणको भयले हलमा दर्शक उपस्थित भएका छैनन् । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिए पनि नेपाली दर्शकले भने सचेतता अपनाउन थालेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : २२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार