कोरोना भाइरसको कहर, मलेसिया १४ दिनका लागि ‘लकडाउन’ « Khabarhub

कोरोना भाइरसको कहर, मलेसिया १४ दिनका लागि ‘लकडाउन’


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को थप संक्रमण फैलिन नदिन मलेसिया सरकारले १४ दिनका लागि देशका प्राय सबै भाग ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।

मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनले एक टेलिभिजन सम्बोधनमार्फत बुधबारदेखि लागू हुने गरी १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिए ।

१४ दिनका लागि मलेसियाले कुनै पनि विदेशीलाई प्रवेश गर्न दिने छैन । यस्तै, आफ्ना देशका नागरिकलाई पनि जरुरी र अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर घुम्न रोक लगाइने छ । मलेसियाका नागरिकलाई देश बाहिर जान पनि रोक लगाइएको प्रधानमन्त्री यासिनले बताएका छन् ।

मलेसियाले सबै शैक्षिक संस्थाहरु बन्द गरेको छ । साथै, कुनै पनि भेला, खेलकुद प्रतियोगिता र धार्मिक गतिविधिहरु गर्न पाइने छैन ।

पछिल्ला २ दिनमा मात्रै मलेसियामा ३१५ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । मलेसियामा सोमबारसम्म ५५३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १२ : ०९ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना