कोरोना भाइरसबाट भारतमा ३ जनाको मृत्यु, केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा « Khabarhub

कोरोना भाइरसबाट भारतमा ३ जनाको मृत्यु, केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

कोरोनाको संक्रमण पछि भारतको मुम्बइस्थित एक अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण भारतमा सोमबारसम्म २ जनाको मृत्यु भइसकेको थियो । भारतका १५ वटा राज्यमा कोरोना संक्रमण बढ्दो क्रममा छ । सबैभन्दा बढी महाराष्ट्रमा यसको संक्रमण फैलिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मंगलबार बिहानसम्म भारतमा १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा

कोरोना संक्रमणको आशंका भारतमा केन्द्रीय मन्त्री समेत होम क्वारेन्टाइनमा बसेका छन् । केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री वी मुरलीधरन कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका हुन् ।

कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका भारतका केन्द्रीय मन्त्री वी मुरलीधरन

उनी केरला राज्यमा आयोजित एउटा कार्यक्रममा भाग लिएर फर्किएका थिए । कार्यक्रमका दौरान उनले एकजना चिकित्सकसँग भेट गरेका थिए । पछि ती चिकित्सकमा कोरोना भाइरसको संक्रमण भएको देखिएको थियो ।

राज्यमन्त्री मुरलीधरनले पनि आफूलाई कोरोना संक्रमणको जस्तै प्रारम्भिक लक्षण देखिए पछि केन्द्रीय राजधानी दिल्ली पुगेर होम क्वारेन्टाइनमा बसेका हुन् ।

उनले कोरोना संक्रमणको परीक्षणका लागि नमूना दिइसकेका छन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १ : ०७ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित