कोरोना भाइरसबाट भारतमा ३ जनाको मृत्यु, केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा « Khabarhub

कोरोना भाइरसबाट भारतमा ३ जनाको मृत्यु, केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

कोरोनाको संक्रमण पछि भारतको मुम्बइस्थित एक अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण भारतमा सोमबारसम्म २ जनाको मृत्यु भइसकेको थियो । भारतका १५ वटा राज्यमा कोरोना संक्रमण बढ्दो क्रममा छ । सबैभन्दा बढी महाराष्ट्रमा यसको संक्रमण फैलिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मंगलबार बिहानसम्म भारतमा १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा

कोरोना संक्रमणको आशंका भारतमा केन्द्रीय मन्त्री समेत होम क्वारेन्टाइनमा बसेका छन् । केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री वी मुरलीधरन कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका हुन् ।

कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका भारतका केन्द्रीय मन्त्री वी मुरलीधरन

उनी केरला राज्यमा आयोजित एउटा कार्यक्रममा भाग लिएर फर्किएका थिए । कार्यक्रमका दौरान उनले एकजना चिकित्सकसँग भेट गरेका थिए । पछि ती चिकित्सकमा कोरोना भाइरसको संक्रमण भएको देखिएको थियो ।

राज्यमन्त्री मुरलीधरनले पनि आफूलाई कोरोना संक्रमणको जस्तै प्रारम्भिक लक्षण देखिए पछि केन्द्रीय राजधानी दिल्ली पुगेर होम क्वारेन्टाइनमा बसेका हुन् ।

उनले कोरोना संक्रमणको परीक्षणका लागि नमूना दिइसकेका छन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १ : ०७ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले