सौतने आमाको हत्या गरेर फरार रहेका रणबहादुर १८ वर्षपछि पक्राउ « Khabarhub

सौतने आमाको हत्या गरेर फरार रहेका रणबहादुर १८ वर्षपछि पक्राउ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नी सौतने आमाको हत्या गरेर फरार रहेका एक ५८ वर्षीय पुरुष १८ वर्षपछि पक्राउ परेका छन् ।

१४ माघ २०५८ मा धादिङको तत्कालीन थाक्रे गाविस–३ (हाल थाक्रे गाउँपालिका–६) रानीबारीकी कान्छी थापा मृत फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले कान्छीको हत्या भएको तथ्य फेला पारेको थियो । हत्यामा उनकै सौतने छोरा रण बहादुर थापाको संलग्नता रहेको प्रहरीको निष्कर्श थियो । तर, थापा भने फेला परेका थिएनन् ।

तत्कालीन अवस्थामा ४० वर्ष उमेरका थापा १८ वर्ष पछि मंगलबार धादिङको रानीबारीबाट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएको हो ।

पक्राउ परेका थापाकी सौतने आमा कान्छी थापा आफ्ना पति सर्वजित थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि आफ्ना छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् । पतिको बर्खी (वार्षिक पूण्यतिथी)का दिन आफ्नो घर आएकी थिइन् ।

सोही दिन जग्गाको विषयमा विवाद हुँदा रणबहादुरले कान्छीको हत्या गरेका थिए ।

आफ्नी सौतने आमाको हत्या गरेपछि फरार रहेका रणबहादुर लामो समयदेखि काठमाडौंको टेकुमा लुकिछिपी बस्दै आएका थिए । केही दिन अगाडि मात्रै धादिङको रानीबारीस्थित घर पुगेका उनलाई सीआईबीको टोली पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ३८ बजे

कर्णाली प्रदेशसभामा २० जना नयाँ अनुहार

सुर्खेत – कर्णाली प्रदेशसभामा चार जना पुराना प्रदेशसभा सदस्यले जितेका

श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँछाै : श्रम मन्त्री कुँवर

काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र,

उदयपु्र १ मा स्थगित भएको मतगणना अझै भएन सुरु

उदयपुर – उदयपुरको प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ मा स्थगित

विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग स्तब्ध

काठमाडौं । कतारमा जारीफिफा विश्वकप फुटबलमा मोरक्कोले पहिलो जित निकालेको

चोरीको मोटरसाइलसहित तीन जना पक्राउ

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई