१ हप्ताका लागि सम्पूर्ण खेल प्रतियोगिता बन्द गर्न राखेपको निर्देशन « Khabarhub

१ हप्ताका लागि सम्पूर्ण खेल प्रतियोगिता बन्द गर्न राखेपको निर्देशन


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १ हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

मंगलबार राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा बसेको बैठकले नोबेल कोरोना भाईरस ( कोभिड – १९ ) ले विश्वभर महामारीको रुप लिइरहँदा नेपालमा सम्भावित संक्रमण रोक्नका लागि १ हप्ता खेल गतिविधि बन्द गर्न निर्देशन दिने निर्णय गरेको हो ।

राखेपले कोरोना भाइरसको जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएको भन्दै कुनै पनि खेलकुद प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई बन्द गर्ने निर्णय गरेको छ ।

यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसंग सम्बन्धित व्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : ५९ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण