वातावरणमन्त्रीलाई नै कोरोना पुष्टि भएपछि पोल्याण्डमा मन्त्रिपरिषद् बैठकमा उपस्थित सबैको परीक्षण « Khabarhub

वातावरणमन्त्रीलाई नै कोरोना पुष्टि भएपछि पोल्याण्डमा मन्त्रिपरिषद् बैठकमा उपस्थित सबैको परीक्षण


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्सा– पोल्याण्डका वातावरण मन्त्रीमा कोरोना भाइरसको पुष्टि भएपछि पोलिस मन्त्रिपरिषद्को पछिल्लो बैठकमा उपस्थित सबै सदस्यलाई कोरोना भाइरसको परीक्षण गरिएको छ ।

पोल्याण्डका वातावरण मन्त्री हेनरिक कोवाल्स्कले सोमबार आफूमा कोरोना भाइरसको पुष्टि भएको जनाएका थिए ।

वातावरण मन्त्रीले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएपछि पछिल्लो मन्त्रिपरिषद् बैठकमा उपस्थित सबै मन्त्रीहरुमा कोरोना भाइरसको परीक्षण गर्नुपरेको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यद्यपि पछिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री लुकास सुमोवोस्की भने उपस्थित नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट पोल्याण्डमा हालसम्म १७७ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : २६ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु