वातावरणमन्त्रीलाई नै कोरोना पुष्टि भएपछि पोल्याण्डमा मन्त्रिपरिषद् बैठकमा उपस्थित सबैको परीक्षण | Khabarhub Khabarhub

वातावरणमन्त्रीलाई नै कोरोना पुष्टि भएपछि पोल्याण्डमा मन्त्रिपरिषद् बैठकमा उपस्थित सबैको परीक्षण


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वार्सा– पोल्याण्डका वातावरण मन्त्रीमा कोरोना भाइरसको पुष्टि भएपछि पोलिस मन्त्रिपरिषद्को पछिल्लो बैठकमा उपस्थित सबै सदस्यलाई कोरोना भाइरसको परीक्षण गरिएको छ ।

पोल्याण्डका वातावरण मन्त्री हेनरिक कोवाल्स्कले सोमबार आफूमा कोरोना भाइरसको पुष्टि भएको जनाएका थिए ।

वातावरण मन्त्रीले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएपछि पछिल्लो मन्त्रिपरिषद् बैठकमा उपस्थित सबै मन्त्रीहरुमा कोरोना भाइरसको परीक्षण गर्नुपरेको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यद्यपि पछिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री लुकास सुमोवोस्की भने उपस्थित नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट पोल्याण्डमा हालसम्म १७७ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : २६ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा