सर्वोच्च अदालत प्रवेश गर्नुअघि अनिवार्य रुपमा ज्वरो परीक्षण गराउनुपर्ने « Khabarhub

सर्वोच्च अदालत प्रवेश गर्नुअघि अनिवार्य रुपमा ज्वरो परीक्षण गराउनुपर्ने


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) सम्भावित संक्रमणबाट जोगिन सर्वोच्च अदालतमा समेत उच्च सतर्कता अपनाइएको छ ।

सर्वोच्च अदालतले दैनिक कामका लागि आउने सेवाग्राहीको ज्वरो नापेर मात्रै भित्र प्रवेश गर्न दिने व्यवस्था शुरु गरेको छ ।

सर्वोच्च अदालत प्रवेश गर्ने सेवाग्राहीले अब मुख्य प्रवेशद्वारमै आफ्नो तापक्रम (ज्वरो) परीक्षण गराउनुपर्ने छ ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार अब सर्वोच्च अदालत प्रवेश गर्ने सेवाग्राहीको थर्मोस्क्यानरबाट ज्वरो परीक्षण गरिने छ । कुनै सेवाग्राहीमा १०० डिग्री फरेनहाइटभन्दा बढी तापक्रम देखिएमा तत्काल अदालतमै रहेको हेल्थ डेस्कमा राखी एम्बुलेन्स बोलाएर अस्पताल पठाइने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : ५९ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले