प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत « Khabarhub

प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को नाम ‘मिथिला भोजपुरा’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको छ ।

कांग्रेसको प्रस्तावको विपक्षमा ७९ मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना मात्रै सांसद छन् ।

यसअघि प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको ‘जानकी’ नाम राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत परेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ५ : ०८ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ