नेपालमा ओप्पो एफ-१५ सार्वजनिक, बजार मूल्य कति ? « Khabarhub

नेपालमा ओप्पो एफ-१५ सार्वजनिक, बजार मूल्य कति ?


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओप्पोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओप्पो एफ१५ सार्वजनिक गरेको छ।

कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओप्पोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो।

४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओप्पो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

एफ सिरिजको डिजाइन नै यूवा पूस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, ट्रेण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो।

यसले गर्दा सुरुवाती दिनदेखि नै एफ सिरिजले निकै मायाँ पाउन सफल रहेको छ। ओप्पो एफ१५को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ यूगको सुरुवात भएको कम्पनीको दाबी छ।

‘ओप्पो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ। यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ । यही कारणले गर्दा सिरिज अन्तर्गत नयाँ उत्पादन भ्यिाउने निर्णय गरिएको हो। एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ’, सार्वजनिक कार्यक्रममा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

ओप्पो एफ१५ बजार  मूल्य मूल्य रु. ३९ हजार ९ सय ९० निर्धारण गरिएको छ । ओप्पो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ। नयाँ फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरि दुई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : १८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका