नेपालमा ओप्पो एफ-१५ सार्वजनिक, बजार मूल्य कति ? « Khabarhub

नेपालमा ओप्पो एफ-१५ सार्वजनिक, बजार मूल्य कति ?


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओप्पोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओप्पो एफ१५ सार्वजनिक गरेको छ।

कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओप्पोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो।

४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओप्पो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

एफ सिरिजको डिजाइन नै यूवा पूस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, ट्रेण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो।

यसले गर्दा सुरुवाती दिनदेखि नै एफ सिरिजले निकै मायाँ पाउन सफल रहेको छ। ओप्पो एफ१५को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ यूगको सुरुवात भएको कम्पनीको दाबी छ।

‘ओप्पो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ। यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ । यही कारणले गर्दा सिरिज अन्तर्गत नयाँ उत्पादन भ्यिाउने निर्णय गरिएको हो। एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ’, सार्वजनिक कार्यक्रममा बोल्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

ओप्पो एफ१५ बजार  मूल्य मूल्य रु. ३९ हजार ९ सय ९० निर्धारण गरिएको छ । ओप्पो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ। नयाँ फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरि दुई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : १८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई