एक लाख घुस अभियोगमा इन्जिनियर भट्टविरुद्ध आरोपपत्र दायर « Khabarhub

एक लाख घुस अभियोगमा इन्जिनियर भट्टविरुद्ध आरोपपत्र दायर


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग घुस लिएको आरोपमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडी पाटनका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिएबापत सेवाग्रहीसँग रु एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिइएको टोलीले निज भट्टबाट घुसबापतको रु एक लाख र स्रोत नखुलेको रु एक लाख गरी रु दुई लाख बरामद गरेको छ ।

यसैगरी आयोगले हालसाविक भिडाउने कामबापत सेवाग्रहीसँग घुस लिएको आरोपमा नापी कार्यालय बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र लेखापढी व्यवसायी प्रताप केसीविरुद्ध पनि आरोपत्रपत्र दायर गरेको छ ।

हालसाविक गर्ने क्रममा उनीहरुले सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : २५ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई