एक लाख घुस अभियोगमा इन्जिनियर भट्टविरुद्ध आरोपपत्र दायर « Khabarhub

एक लाख घुस अभियोगमा इन्जिनियर भट्टविरुद्ध आरोपपत्र दायर


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग घुस लिएको आरोपमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडी पाटनका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिएबापत सेवाग्रहीसँग रु एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिइएको टोलीले निज भट्टबाट घुसबापतको रु एक लाख र स्रोत नखुलेको रु एक लाख गरी रु दुई लाख बरामद गरेको छ ।

यसैगरी आयोगले हालसाविक भिडाउने कामबापत सेवाग्रहीसँग घुस लिएको आरोपमा नापी कार्यालय बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र लेखापढी व्यवसायी प्रताप केसीविरुद्ध पनि आरोपत्रपत्र दायर गरेको छ ।

हालसाविक गर्ने क्रममा उनीहरुले सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना