भीमफेदी–कुलेखानी सडकखण्ड विस्तारको काम छिटो सक्न निर्देशन « Khabarhub

भीमफेदी–कुलेखानी सडकखण्ड विस्तारको काम छिटो सक्न निर्देशन


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भीमफेदी–कुलेखानी सडक विस्तार तथा निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

उनले काम छिटो सकेर जनतामाझ सकारात्मक सन्देश प्रवाह गर्नाका साथै सहजता प्रदान गर्न आग्रह गरे ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा आज बसेको सर्वपक्षीय बैठकमा मन्त्री फुयाँलले सो कुरा बताएका हुन् । बैठकले भीमफेदी–कुलेखानी हेबी सडकखण्डमा पटके सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा उक्त सडकखण्डमा केही दिनसम्म पटके सवारी सञ्चालन गरिने र वैकल्पिक बाटो निर्माण भएपछि पूर्णरुपमा सडक अवरुद्ध गरेर सडक विस्तार तथा निर्माण कार्यको थालनी गरिने निर्णय भएको सो मन्त्रालयका सचिव तेजराज भट्टले बताए ।

उनका अनुसार भीमफेदी कुलेखानी सडकको विभिन्न स्थानमा निर्माणको काम हुने भएकाले भोलिदेखि बिहान ५ देखि ८ बजेसम्म, दिउँसो ११ देखि १२ : ३० बजेसम्म र दिउँसो ३ देखि ८ : ३० बजेसम्म बाटो सञ्चालन हुने बताएको छ ।

उक्त समयभन्दा बाहेकको समयमा पनि विस्तार तथा निर्माणको काम हुने भएकाले सडक अवरुद्ध गराइने भएको बताएको छ । सो बैठकमा यातायात पूर्वाधार निर्देशनालयका प्रतिनिधि, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौर, जिल्ला ट्राफिक प्रमुख विष्णुहरि ढकाल, विभिन्न यातायात क्षेत्रको सरोकारवाला निकायका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ३६ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर