अडिट नहेरी सरकारले अनुदान दिँदैन : मन्त्री गुरुङ | Khabarhub Khabarhub

अडिट नहेरी सरकारले अनुदान दिँदैन : मन्त्री गुरुङ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक सङ्घसंस्थाको अडिट प्रतिवेदन नहेरी सरकारले अनुदान नदिने बताएका छन् ।

भक्तपुरको सानोठिमीस्थित ‘एसओएस बालग्राम, नेपाल’ को अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले जथाभावी रुपमा अनुदान दिने कामलाई सरकारले अन्त्य गर्ने र सामाजिक सङ्घसंस्थाको अनुगमन गरेर मात्रै सरकारले अनुदान दिने परिपाटीको शुरुआत गर्ने स्पष्ट पारे ।

‘विभिन्न सामाजिक सङ्घसंस्थाले अनुदानको रकम दुरुपयोग गरेको पाइएकाले पनि अब त्यस्ता गलत परिपाटीको अन्त्य गरेर अघि बढने योजना बनाएको छु’, मन्त्री गुरुङले भने, ‘अडिट रिर्पोट हेरेर बजेटको दुरुपयोग नगर्ने सङ्घसंस्थालाई मात्रै अनुदानको व्यवस्था गर्नेछु ।’

उनले अनुदानको रकम दुरुपयोग भए/नभएको तथ्य थाहा पाउन आफूले सामाजिक सङ्घसंस्थाको अनुगमनको कामलाई तीव्रता दिएको पनि बताए । उनले प्रदेश र स्थानीय तहसँग मिलेर ‘बालग्राम’ स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

यसैबीच, मन्त्री गुरुङले चेलिबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको माइती नेपालको अनुगमन गरे ।

न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम ‘युसेप’ नेपालले भक्तपुरको सानोठिमीमा सञ्चालन गरेको ‘बाल सुधार गृह’ को पनि आजै उनले अनुगमन गरेका थिए।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ५९ बजे

दुर्घटनामा परेका फुटबलर एंगुलोको निधन

इक्वेडर – इक्वेडरका अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको

कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै

अजरबैजान– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा

जिम्मेवारी बाँडफाँडमा व्यस्त ट्रम्प : एलन मस्कले पाए विशेष भूमिका

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महत्त्वपूर्ण जिम्मेवारी चयन गर्नका

कृषिसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ ।

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा– स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स