कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुग्यो, २१ लाख ८१ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुग्यो, २१ लाख ८१ हजारबढी संक्रमित


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ । २४ घण्टाको अविधमा ९५ हजार २२ नयाँ संक्रमित थपिएका छन् । यो हिजोको भन्दा धेरै हो ।

अहिले १४ लाख ८९ हजार १८२ विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५६ हजार ६०२ को अवस्था गम्भीर छ । ५ लाख ४७ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् । १३ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ८५ हजार ७० जना उपचाररत छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए ।

एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ ।

एकै दिन १७ हजार १६४ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३२ हजार ८१२ जना उपचारपछि निको भएका छन् । ६ हजार २४८ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १४ हजार २९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ ।

एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ४६ बजे

पाकिस्तानद्वारा थप २ सय भारतीय माझी रिहा

काठमाडौँ- पाकिस्तानले आज थप दुई सय भारतीय माझीलाई रिहा गरेको

चीन भ्रमण निकै फलदायी : अग्नि सापकोटा

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन

लण्डनबाट नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा

काठमाडौं– लण्डनबाट नयाँ नेपाली फिल्म ‘सिद्धार्थ’ को घोषणा भएको छ

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन 

काठमाडौँ– सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न