कोरोना कहर : ‘रेड जोन’मा भारतका ६ ठूला शहरसहित १७० जिल्ला  « Khabarhub

कोरोना कहर : ‘रेड जोन’मा भारतका ६ ठूला शहरसहित १७० जिल्ला 


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि तीव्र रुपमा बढ्दो देखिएको छ ।

भारतको राजधानी दिल्ली, मुम्बई लगायत ६ वटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ।

बुधवार प्रकाशित एउटा निर्देशिकामा सरकारले देशलाई सङ्क्रमणको सङ्ख्याका आधारमा विभिन्न रङ्गबाट सङ्केत गर्दै विभिन्न वर्गमा छुट्याएको छ।

रातो रङ्गले धेरै सङ्क्रमण फैलिएको, सुन्तला रङ्गले केही सङ्क्रमण भएको तथा हरियो रङ्गले सङ्क्रमण नभएको क्षेत्र सङ्केत गर्छन्। कुनै पनि स्थान हरियो अर्थात् सुरक्षित क्षेत्रमा परेका छैनन्।

भारतका कुल १७० वटा जिल्ला रेड जोन मा परेका छन्। दिल्ली र मुम्बईबाहेक चेन्नई, बैङ्ग्लोर, कोलकाता र हैदराबाद पनि खतरनाक क्षेत्रमा परेका छन्।

यी  क्षेत्रहरूमा केन्द्रीय सरकारले राज्यहरूलाई परीक्षण र सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको अर्को सातासम्म पहिचान गर्न भनेको छ। रेड जोनमा सङ्क्रमित व्यक्तिको सङ्ख्या घटाएर क्रमशः ग्रीन जोन अर्थात् शून्य सङ्क्रमण भएको क्षेत्र बनाउने तयारीका साथ सरकार लागिपरेको छ ।

अट्ठाइस दिनसम्म नयाँ सङ्क्रमण नभेटिएका स्थानलाई ग्रीन जोनको मान्यता दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१४ दिनमा सङ्क्रमण नभेटिएका स्थान अरिन्ज जोनमा पर्नेछन्।

भारतमा शुक्रबार विहानसम्म कोरोनाभाइरसका कारण ४४८ जनाको मृत्यु भएको छ भने १३ हजार ४३० जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ०० बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते