लकडाउनका बेला सडकमा सुते सिंहहरू « Khabarhub

लकडाउनका बेला सडकमा सुते सिंहहरू


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण अफ्रिका- कोरोना भाइरसका कारण यतिवेला अधिकांश देशमा लकडाउन गरिएको छ । लकडाउनले मानिसको दैनिकीमा असर परिरहेको छ ।
कोरोना स‌क्रमण त्रासका कारण मानिसहरु घर भित्रै रहेका छन् ।

यसैबीच एउटा निकुञ्जका सिंहहरु बीच सडकमा सुतिरहेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन्।

बुधवार नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखे।

त्यो सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुन्थ्यो।

तर अन्य वन्यजन्तुका संरक्षित क्षेत्रझैँ क्रुगर निकुञ्ज समेत कोरोनाभाइरस लकडाउनका कारण २५ मार्चदेखि बन्द छ।

त्यसरी सडकमै सिंह सुतेको दृश्य सामान्य अवस्थामा रेञ्जरहरूले रातको समयमा मात्र देख्ने गर्थे।

अफ्रिका महादेशकै सबैभन्दा ठूलो शिकार आरक्ष समेत रहेको उक्त संरक्षण क्षेत्रका रेञ्जर रिचार्ड सोरे अत्यावश्यक सेवाका लागि लकडाउनमा समेत काम गरिरहेका छन्। वन्यजन्तुको अवस्था जाँच गरिरहने र तिनलाई गैरकानुनी सिकारीहरूबाट बचाउने जस्ता काम उनी गर्छन्।

बुधवार मध्यान्न आराम गर्न बनाइएको एउटा विन्दू नजिक गाडीमा पुग्दा उनले सिंहहरू सुतेको दुर्लभ दृश्य देखे।

जम्मा पाँच मिटरजति पछाडि फर्केर उनले त्यो अस्वभाविक अवस्थालाई अझ राम्ररी नियाले। आफ्नो मोबाइलबाट फोटो लिँदा समेत मस्त निदाएका ती सिंहहरूले झिँजो मानेका थिएनन्।

“गाडीमा हुने मानिसहरूसँग सिंहहरू अभ्यस्त हुन्छन्,” उनले भने।

“मानिसहरूको पाइलाको चाल थाहा पाउने एकखाले विशेष गुण भने सबैजसो जनावरमा हुन्छ। त्यसैले म हिँडेको भए चाहिँ उनीहरूले त्यति नजिक जान दिँदैन थिए।”

उक्त बथानमा रहेको सबैभन्दा बुढो सिंह १४ वर्षको छ जुन सिंहका लागि धेरै उमेर हो। त्यसैले गाडीहरू तिनका लागि सामान्य दृश्य भइसकेका हुन्छन्।

अरूबेला सोरेले यस्तो दृश्य जाडोका बेला रातमा देख्थे। त्यस्तो बेला सडकको कालोपत्रे पीचको तातोले उनीहरू लोभिएर आउँथे।

सिंहहरूले अहिलेजस्तै सधै शान्त हुने सोचेर कतै सडकलाई नै सुरक्षित ठाउँ नठानुन् भन्ने रेञ्जरहरूको चिन्ता छ । सिंह मात्र नभएर जङ्गली कुकुरहरू समेत अहिले गल्फकोर्ससम्म आउन थालेका छन्

अन्यथा जङ्गली जनावरहरूको स्वभावमा लकडाउनले ठूलो प्रभाव भने पारेको पाइएको छैन ।

सोरेले लकडाउनका कारण निकुञ्ज घुम्न आउन नसक्नेहरूलाई थोरै भए पनि खुसी मिलोस् भनेर आफूले खिचेका तस्बिर अरूलाई देखाउन चाहेको बताए।

दक्षिण अफ्रिकामा शुक्रवारसम्म भाइरसबाट दुई हजार ६ सय भन्दा धेरै सङ्क्रमित हुनुका साथै ४८ जनाले ज्यान गुमाएका छन्।

त्यहाँको लकडाउनको अवधि बुधवारबाट थप दुई हप्ताको लागि बढाइएको छ।

बीबीसीबाट

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : १४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्