मेरा कारणले मात्र फिल्म फ्लप हुने होइन: मिरुना « Khabarhub

मेरा कारणले मात्र फिल्म फ्लप हुने होइन: मिरुना


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका मिरुना मगरका लागि वर्ष २०७६ खासै सफल रहेन । उनले अभिनय गरेका फिल्म ‘चचहुई’ र ‘साइनो’ ले व्यावसायिक सफलता हात पार्न सकेनन् । त्यसो त मिरुनाले अभिनय गरेका कुनै फिल्मले राम्रो कमाइ गरेका छैनन् ।

मिरुनाले अभिनय गरेका फिल्म ‘लालपुर्जा’ र ‘रोज’ पनि फ्लप भए । मिरुना भने आफ्नो कारणले कुनै फिल्म फ्लप नभएको बताउँछिन् ।
खबरहबसँगको कुराकानीमा मिरुनाले भनिन् – ‘मेरो कारणले फिल्म फ्लप हुने होइन ।’

पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘चचहुई’ बाट मिरुना आशावादी थिइन् । तर, यो फिल्मले पनि मिरुनालाई चर्चा दिलाउन सकेन ।

‘मलाई कतिजनाले यस्तै म्यासेज गर्नुहुन्छ, तपाईंको कारणले फिल्म फ्लप भएको होइन भन्दै म्यासेज गर्नुहुन्छ,’ मिरुनाले भनिन्, ‘मैले पनि फिल्मका लागि त मेहनत गरेकै हुन्छु ।’

साथै उनले फिल्मको स्किृप्ट राम्रो लागेर फिल्ममा काम गरेको बताइन् । मिरुनाले रोजेका सबै स्किृप्टमा फिल्म चाहिँ राम्रा बन्न सकेनन् ।

मिरुना भने फिल्मी क्षेत्रमा आफ्नो करिअर राम्रो हुँदै जानेमा आशावादी छिन् । फरक टिमसँग काम गर्दा उनलाई रमाइलो पनि लागेको छ ।

‘मलाई यो क्षेत्रमा एकैपटक माथि पुगौं भन्दा पनि स्टेप बाइ स्टेप काम गर्न मन थियो, त्यही भइरहेको छ जस्तो लाग्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : २४ बजे

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा

चुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट हारेपछि नायिका निशा

सरकारले कसरी कार्यान्वयन गर्ला यति मोटो प्रतिवेदनको ठेली (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च

नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक