केन्द्र सरकारले सुदूरपश्चिमका लागि पठायो ३४ चिकित्सक « Khabarhub

केन्द्र सरकारले सुदूरपश्चिमका लागि पठायो ३४ चिकित्सक


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमडी/एमएस अध्ययनरत आवासीय चिकित्सकहरुलाई सुदूरपश्चिममा खटाएको हो । उनीहरु शुक्रबार नै यति एयरलाइन्सको चार्टर्ड जहाजमार्फत धनगढी पुगिसकेका छन् ।

खटाइएका ३४ जनामध्ये १३ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा, ४ जना कञ्चनपुरस्थित महाकाल् अस्पतालमा परिचालन गरिने छ । बाँकी चिकित्सकहरुलाई ७ पहाडी जिल डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुला तथा कैलालीको टीकापुरमा परिचालन गरिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पाँचै जना संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : १४ बजे

विशेष महाधिवेशन पक्षधरले आगामी आइतबार महाधिवेशन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष

मधेशमा शान्ति र सद्भाव कायम गर्न गृहमन्त्रीको सक्रियता, मधेशी र मुस्लिम आयोगसँग छलफल

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम

लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता

जनकपुरधाम– राष्ट्रियसभा सदस्य पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राष्ट्रिय

कुलमानलाई प्रश्न गर्दा माइक खोसिएका इन्जिनियर भन्छन् : ‘देवत्वकरण’ गरिएकाहरू आलोचना सुन्नै नसक्दा रहेछन्

काठमाडौं- मंगलबार नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा

घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

घोडाघोडी– नेपालको पहिलो चरा अभय आरण्य(वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा