र्‍यापिड टेस्टका लागि थप ३० हजार किट प्रदेशमा « Khabarhub

र्‍यापिड टेस्टका लागि थप ३० हजार किट प्रदेशमा


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा र्‍यापिड डाइग्रोष्टिक किट (आरडीटी) फेरी पठाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार ७ वटै प्रदेशमा ३ हजारका दरले आरडीटी पठाइएको हो ।

यसअघि पठाइएका आरडीटी किन प्रयोगमा आइसकेको छ । कोरोना भाइरसको संक्रमण समूदायमा छ वा छैन भनेर दु्रत गतीमा पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले प्रदेशहरुलाई थप आरडीटी पठाएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित पनि रहेको र सो क्षेत्र कोरोना संक्रमणको बढी जोखिममा रहेकाले स्वास्थ्य मन्त्रालयले सुदुरपश्चिमको कोरोना संक्रमित रहेको क्षेत्रमा थप १० हजार आरडीटी पनि पठाएको छ । यस्तै कोरोना संक्रमित देखिएको प्रदेश २ को प्रभावित क्षेत्रमा पनि थप आरडीटी पठाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

‘हिजो (बिहीबार) र आज (शुक्रबार) गरेर प्रत्येक प्रदेशमा ३–३ हजार आरडीटी पठाइएको छ, यस्तै कोरोनाका बिरामी देखिएका प्रदेश सुदुरपश्चिम र प्रदेश २ मा थप आरडीटी पठाइएको छ,’ सहप्रवक्ता अधिकारीले भने, ‘अब बाँकी क्षेत्रमा थप आवश्यक पर्ने भएमा सामाग्री आइसकेपछि मात्र पठाउन सक्ने अवस्था छ ।’ सबै प्रदेशमा गरी करिब ३० हजार र्‍यापिड डाइग्नोस्टिक किट पठाइएको अधिकारीले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर रुना झाका अनुसार आरडीटीबाट कोरोना परीक्षण गर्दा कोरोना विरुद्धको एण्टीबडी देखाउँछ । आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक साता अघि नै कोरोना संक्रमण भएको भन्ने बुझिन्छ । शरीरमा कोरोनाको एन्टीबडी विकास हुन ७ दिन लाग्ने प्रयोगशालाकी निर्देशक डा झाको भनाइ छ ।

यस्तै कोरोना भएको शुरुवातामा परीक्षण गर्दा भने आरडीटी परीक्षणमा कोरोना नेगेटिभ देखिन सक्छ । त्यसैले कोरोना संक्रमणको शुरुको साता आरटी पिसीआर विधिबाट र दोस्रो साता कटेपछि आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिने सम्भावना बढी हुन्छ ।

सामान्यतया आरडीटीबाट नेगेटिभ आएको र आरटी पिसीआरबाट परीक्षण गर्दा पोजेटिभ देखिएमा कोरोना संक्रमणको शुरुवाती अवस्था हो । दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुईसाता अघि संक्रमण भएको भन्ने बुझिन्छ ।

आरडीटी पोजेटिभ र आरटी पिसीआर नेगेटिभ भए कम्तिमा ३ साता अगाडी कोरोना संक्रमण भएको थियो भन्ने बुझिन्छ । यसको विरुद्धको प्रतिरक्षा गर्ने एण्टीवडी उत्पादन भएको भन्ने बुझिन्छ ।

आरडीटी विधिबाट गरिएको परीक्षणमा नेगेटिभ भन्ने वित्तिकै कोरोना संक्रमण छैन भन्न नमिल्ने डा झा बताउँछिन् । आरडीटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना सक्रमित व्यक्तिसँगयको संसर्ग वा सम्पर्क भएको ३ साता वितेको छैन भने एक सातापछि पुन: आरडीटी गराउनुपर्छ । संक्रमित व्यक्तिसँग नजिक रहेका व्यक्तिको पनि पिसिआर विधिबाट कोरोना परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ३६ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको