र्‍यापिड टेस्टका लागि थप ३० हजार किट प्रदेशमा « Khabarhub

र्‍यापिड टेस्टका लागि थप ३० हजार किट प्रदेशमा


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा र्‍यापिड डाइग्रोष्टिक किट (आरडीटी) फेरी पठाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार ७ वटै प्रदेशमा ३ हजारका दरले आरडीटी पठाइएको हो ।

यसअघि पठाइएका आरडीटी किन प्रयोगमा आइसकेको छ । कोरोना भाइरसको संक्रमण समूदायमा छ वा छैन भनेर दु्रत गतीमा पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले प्रदेशहरुलाई थप आरडीटी पठाएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित पनि रहेको र सो क्षेत्र कोरोना संक्रमणको बढी जोखिममा रहेकाले स्वास्थ्य मन्त्रालयले सुदुरपश्चिमको कोरोना संक्रमित रहेको क्षेत्रमा थप १० हजार आरडीटी पनि पठाएको छ । यस्तै कोरोना संक्रमित देखिएको प्रदेश २ को प्रभावित क्षेत्रमा पनि थप आरडीटी पठाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

‘हिजो (बिहीबार) र आज (शुक्रबार) गरेर प्रत्येक प्रदेशमा ३–३ हजार आरडीटी पठाइएको छ, यस्तै कोरोनाका बिरामी देखिएका प्रदेश सुदुरपश्चिम र प्रदेश २ मा थप आरडीटी पठाइएको छ,’ सहप्रवक्ता अधिकारीले भने, ‘अब बाँकी क्षेत्रमा थप आवश्यक पर्ने भएमा सामाग्री आइसकेपछि मात्र पठाउन सक्ने अवस्था छ ।’ सबै प्रदेशमा गरी करिब ३० हजार र्‍यापिड डाइग्नोस्टिक किट पठाइएको अधिकारीले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर रुना झाका अनुसार आरडीटीबाट कोरोना परीक्षण गर्दा कोरोना विरुद्धको एण्टीबडी देखाउँछ । आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक साता अघि नै कोरोना संक्रमण भएको भन्ने बुझिन्छ । शरीरमा कोरोनाको एन्टीबडी विकास हुन ७ दिन लाग्ने प्रयोगशालाकी निर्देशक डा झाको भनाइ छ ।

यस्तै कोरोना भएको शुरुवातामा परीक्षण गर्दा भने आरडीटी परीक्षणमा कोरोना नेगेटिभ देखिन सक्छ । त्यसैले कोरोना संक्रमणको शुरुको साता आरटी पिसीआर विधिबाट र दोस्रो साता कटेपछि आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिने सम्भावना बढी हुन्छ ।

सामान्यतया आरडीटीबाट नेगेटिभ आएको र आरटी पिसीआरबाट परीक्षण गर्दा पोजेटिभ देखिएमा कोरोना संक्रमणको शुरुवाती अवस्था हो । दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुईसाता अघि संक्रमण भएको भन्ने बुझिन्छ ।

आरडीटी पोजेटिभ र आरटी पिसीआर नेगेटिभ भए कम्तिमा ३ साता अगाडी कोरोना संक्रमण भएको थियो भन्ने बुझिन्छ । यसको विरुद्धको प्रतिरक्षा गर्ने एण्टीवडी उत्पादन भएको भन्ने बुझिन्छ ।

आरडीटी विधिबाट गरिएको परीक्षणमा नेगेटिभ भन्ने वित्तिकै कोरोना संक्रमण छैन भन्न नमिल्ने डा झा बताउँछिन् । आरडीटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना सक्रमित व्यक्तिसँगयको संसर्ग वा सम्पर्क भएको ३ साता वितेको छैन भने एक सातापछि पुन: आरडीटी गराउनुपर्छ । संक्रमित व्यक्तिसँग नजिक रहेका व्यक्तिको पनि पिसिआर विधिबाट कोरोना परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ५ : ३६ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर