चीनमा फेरि देखियो कोरोनाको संक्रमण, ८ जना संक्रमित « Khabarhub

चीनमा फेरि देखियो कोरोनाको संक्रमण, ८ जना संक्रमित


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको एक महिना नबित्दै त्यहाँ फेरि संक्रमण देखिन थालेको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएकोमा शनिवार  फेरि ८ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४१ पुगेको छ । यसअघि शुक्रबार पनि त्यहाँ ४ जनामा संक्रमण देखिएको थियो ।

चीनमा अहिलेसम्म ७८ हजार २१९ जना संक्रमण मुक्त भएका छन् भने ८९ जना संक्रमितको उपचार भइरहेको छ ।

चीनमा ४ हजार ६३३ जनाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ।

अप्रिल महिना यता नयाँ संक्रमित देखिएपछि चीनले वुहानका सबै बासिन्दाको कोरोना भाइरसको परीक्षण गरिरहेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : ०१ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक