२ महिनापछि सुरू भयो जर्मन फुटबल लिग, शाल्केमाथि डर्टमण्डको शानदार जीत « Khabarhub

२ महिनापछि सुरू भयो जर्मन फुटबल लिग, शाल्केमाथि डर्टमण्डको शानदार जीत


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव २ महिनापछि सुरू भएको जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले फराकिलो जीत निकालेको छ।

कोरोना भाइरसको महामारीले गत मार्चदेखि अबरुद्ध प्रतियोगिता  शनिबारदेखि दर्शकबिना नै खेलाइएको हो । खेलमा डर्टमण्डले शाल्केमाथि ४-० को शानदार जीत निकालेको हो ।

उसका लागि राफेल गुईरेरियोले दुई गोल गरे । यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे ।

जीतसँगै डर्टमण्डले शीर्ष स्थानको वायर्न म्युनिखसँगको अंक दुरी १ मा झारेको छ । डर्टमण्डले २६ खेलमा ५४ अंक जोडेको छ । एक खेल कम खेलेको वायर्नको ५५ अंक रहेको छ । शाल्के भने ३७ अंकका साथ आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : ३७ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका