सरकार कोरोना भाइरस संक्रमणको पूर्वतयारीमै चुक्यो : देउवा « Khabarhub

सरकार कोरोना भाइरस संक्रमणको पूर्वतयारीमै चुक्यो : देउवा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवंम प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुकेको आरोप लगाएका छन् ।

५५ दिनदेखि मुलुकलाई लकडाउनमा राखेर पनि कोरोना भाइरस नियन्त्रणका लागि खास योजनाका साथ अघि नबढेको उनले आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।

‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन,’ उनले भने । नीति तथा कार्यक्रम हेर्दा जनताको पीडा बुझ्ने हृदय नै नभएको जस्तो लागेको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रम उपलब्धि नै उपलब्धि भएको बताए पनि विगतकै कार्यक्रम दोहोर्‍याएको जनाएका छन् । ‘म प्रधानमन्त्रीलाई अनुरोध गर्छु एक पटक विगत २ वर्षका नीति तथा कार्यक्रम पल्टाउनोस् ।’

नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको बाटोमा लाने अवस्था नरहेको समेत उनले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ११ : ३८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग