निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारप्रति बागमति प्रदेश सरकारद्वारा खेद प्रकट | Khabarhub Khabarhub

निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारप्रति बागमति प्रदेश सरकारद्वारा खेद प्रकट


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीमाथि भएको दुर्व्यवहार प्रति बागमती प्रदेश सरकारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयल बागमती प्रदेशले एक विज्ञप्ति निकाल्दै प्रयोगशालाका निर्देशक कार्कीमाथि भएको दुर्व्यवहारको खेद प्रकट गरेको हो ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता दिपेन्द्र सुवेदीले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीलाई गत शुक्रबार कोभिड १९ निदान तथा नियन्त्रण कार्यका लागि काठमाडौं आउने क्रममा नागढुंगा नाकामा केही व्यक्तिहरुले दुर्व्यवहार गरेको बताए ।

बागमती प्रदेश सरकारले नागढुंगामा सुरक्षा निकायकै उपस्थितिमा लकडाउनको पालना नगरी केही मानिसहरुले प्रयोगशालाका निर्देशकको गाडी रोकेर खानतलासी गरी अभ्रद व्यवहार गरेको समेत जनाइएको छ ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले सो घटनाको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न माग समेत गरेको छ ।

उनीमाथि भएको दुर्व्यवहारको भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको छ । सो भिडियोमा धेरैले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भन्दै भिडियो लाइभ गर्दै स्वास्थ्यकर्मीको खानतलासी गर्नेहरुलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  १ : ०१ बजे

नारायणघाट–बुटवल सडक विस्तारले गति लिँदै

नवलपरासी– राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत

ट्रम्पसँग वार्ता गर्न वासिङ्टन पुगे नेतान्याहु

वासिङ्टन – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाइँदै

तुलसीपुर– लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेशको

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण

इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारतको पराकिलो जित : अभिषेकले बनाए १३५ रन

काठमाडौं – अन्तिम तथा पाँचौँ टी-२० खेलमा भारतले इंग्ल्याण्डलाई १५०