चेपुवामा बेरोजगार डेरावाल « Khabarhub

चेपुवामा बेरोजगार डेरावाल

सरकार भन्छ : लकडाउनको भाडा छुट दिनू, घरधनी भन्छन् : बैंकले ऋणको ब्याज छुट दिनू


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन भएपछि चैत १६ गते बसेको मन्त्रिपरिषदको बैठकले डेरावाललाई भाडा छुट दिन घरधनीलाई आग्रह गर्‍यो ।

सरकारले भाडा छुट दिने घरधनीसँग बहालकर नलिने निर्णय पनि गर्‍यो ।

घरधनीहरुले भने त्यसरी भाडा छुट दिएका छैनन् । घर बहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालका अनुसार ‘अहिलेसम्म काठमाडौँका करिब २५ प्रतिशत घरधनीले डेरावालाई एक महिनाको भाडा छुट दिएका छन् ।’

‘उपत्यकाका पुराना बासिन्दाहरूले भाडा छुट गर्न मानेका छैनन्’ उनले खबरहबसँग भने, ‘बाहिरबाट आई घर बनाएर बसेका धेरैजसोले सहज मानेर भाडा छुट दिएका छन् ।’

खनालका अनुसार घरधनी र डेरावला दुवैले एकअर्कालाई बुझेर भाडा छुट लिने–दिने गर्नु उचित हुन्छ । कतिपय घरधनीले भने छुट दिन नसक्ने जनाउन दिएका छन् ।

लकडाउनभरि आधा छुट गर्न माग

घर बहाल सरोकार महासंघ नेपालले लकडाउन अवधिभर डेरावाललाई ५० प्रतिशत भाडा छुट दिन माग गरेको छ । ‘५० प्रतिशत छुट गर्दा घरधनी र भाडामा बस्ने दुवैलाई राहत हुन्छ,’ महासंघ अध्यक्ष खनालले खबरहबसँग भने, ‘लकडाउनभरि नै आधा भाडा छुट दिनुपर्छ ।’

सरकारले एक महिनाको पूरै छुट दिनु भन्नु र महासंघले दुई महिनाको ५० प्रतिशत छुट दिनु भन्ने उस्तै कुरा रहेको उनको भनाइ छ । रोजगारी नभएकाहरूको हकमा राज्यले लकडाउनपछिको उनीहरूको आर्थिक आर्जन सुनिश्चित गर्ने नीति ल्याउनुपर्ने माग पनि महासंघको छ ।

बैंकमा ऋण छ, कसरी भाडा छुट दिनु !

कतिपय घरधनीले बैंकबाट ऋण लिएर घर किनेका छन् । उनीहरू भाडाबाट किस्ता बुझाउँछन् । भाडामा बस्ने कतिपय मानिस बेरोजगार भएका छन् । पेसा बन्द भएर आर्जन हुन छाडेपछि गुजारा चलाउन मुश्किल भएको छ । कतिपय घरधनीको पनि आम्दानीको स्रोत नै घरभाडा हुने गरेको छ ।

करिब ६ महिनाअघि बैंकबाट ऋण लिएर साढे तीन तलाको घर किनेकी नयाँ बस्तीकी मनिता सापकोटाले दुई तला भाडामा दिएकी छन् । उनले बैंकको किस्ता तिर्ने स्रोत घरभाडा नै हो । उनको घरमा बस्नेले भाडा दिन सकेका छैनन् ।

‘भाडा नलिने हो भने बैंकको ऋणको किस्ता तिर्न सकिँदैन,’ मनिता भन्छिन्, ‘बैंकले ब्याज मिनाहा नगरेसम्म भाडा छुट दिन गाह्रो छ ।’

घर बहाल सरोकार महासंघले डेरावालाहरूको गुनासोका आधारमा विभिन्न ठाउँमा अनुगमन गरेको छ । यस क्रममा महासंघले घरधनीहरूलाई सम्झाएर भाडा छुट दिन अनुरोध गर्ने गरेको छ ।

अनुगमनका क्रममा एक घरधनीले गुनासो गरे, ‘भर्खरै बनाएको घर हो, बैंकमा ऋण छ, भाडा नलिएर के गर्नु !’ कतिपय घरधनीले भने लकडाउन खुलेपछि कमाएर बिस्तारै दिनु भनेका छन् ।

डेरावाल वास्तविक पीडित हो कि होइन भन्ने थाहा हुनुपर्ने र घरभाडाबाटै गुजारा गर्ने घरधनी रहेछन् भने उनीहरूको अवस्था राज्यले बुझ्नुपर्ने कतिपय घरधनीको भनाइ छ ।

केही घरधनीले कमाइ गुमाएका डेरावाललाई आफैँ भाडा छुट दिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : ३६ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।