आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ : उपनेता नेम्वाङ « Khabarhub

आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ : उपनेता नेम्वाङ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने धारणा व्यक्त गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नीति तथा कार्यक्रम कोरोना केन्द्रित र वर्तमान समस्यालाई सम्बोधन गर्नमा नै केन्द्रित रहेको स्पष्ट पारे । वर्तमान सङ्कट सम्बन्धमा नीति निर्माणअघि पनि विभिन्न चरणमा छलफल भएको र सोहीअनुसार नै नीति कार्यक्रम आएको उनको भनाइ थियो ।

उनले भने, “नीति तथा कार्यक्रमले अहिलेको कोरोनाको समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको छ । कोरोनाका सङ्क्रमितको अवस्था अहिले सामान्य छ र अझै जटिल बन्न सक्नेतर्फ सरकार सजग रहेको छ । कोरोनाको प्रभावमा परेका समुदाय र व्यक्तिलाई राहतको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।”

साथै उपनेता नेम्वाङले नीति तथा कार्यक्रमका बारेमा सदनमा उठेका आवाजलाई पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

कोरोनाको प्रभावलाई सम्बोधन गर्ने गरी सरकारले काम गरिरहेको बताउँदै उनले विगतका सन्दर्भलाई पनि समेटेर कतिपय कुराहरु नीतिमा समेटिएका कारण विस्तृत देखिएको हुनसक्ने जानकारी दिए । यही सदनमा भएका दलहरु एकताबद्ध भएर विगतमा संविधान जारी गरी आजको अवस्थासम्म आइपुगेको प्रसङ्ग उल्लेख गर्दै उपनेता नेम्वाङले त्यसयता उठेका केही माग र आवाजलाई पनि छलफल गर्दै निष्कर्षमा पुग्न सकिने धारणा व्यक्त गरे ।

अब शान्ति र प्रजातन्त्रका लागि आन्दोलन गर्नुपर्ने भएको बताउँदै उनले नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पनि चाँडै टुङ्गोमा पुर्‍याउने उल्लेख गरेको अवगत गराए । शान्ति प्रक्रियाका बाँकी काम आवश्यक कानून बनाई दुई वर्षमा टुङ्गिने र त्यो विषय नीति तथा कार्यक्रममा पनि रहेको उनले अवगत गराए ।

“कोरोनाविरुद्धको लडाइँमा हामी सबै एक छौँ र यसलाई निरन्तता दिएरमात्र यसविरुद्धको लडाइँ जित्न सकिन्छ । नीति कार्यक्रमले लोकतन्त्रका सम्बन्धमा संविधान भएका आधारभूत विशेषतालाई समेत उल्लेख गरेको छ”, उनले भने ।

उनले भूकम्पले मुलुक क्षतविक्षत भएको बेला छिमेकीले नाकाबन्दी लगाएको, दुई छिमेकीले नेपाललाई नसोधी नेपालको भूमि अतिक्रमण भएको स्थानबारेमा गरेको सम्झौताविरुद्ध अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, “यही सरकारले भूपरिवेष्टित मुलुकका रुपमा रहेको नेपाललाई भूजडित बनाएको बारेमा समेत जानकारी गराउनुभयो । साथै अब नेपालमा नाकाबन्दी नहुनेसमेत स्पष्ट पार्नुभयो ।”

निरोगी नेपाल निर्माण गर्ने, समृद्धिका लागि वन, स्वच्छ नेपाल, रोजगारी, आर्यआर्जनका साथै अब कोही भोकै पर्दैन भोकले कोही मर्दैन, कृषिलाई थप आधुनिकीकरण, स्वदेशी वस्तुको उपभोग गरौँलगायतका कार्यक्रम महत्वपूर्ण भएको बारेमा उनले जानकारी दिए। भ्रष्टाचारप्रति सरकारको शून्य सहनशीलता नीति सरकारको कार्यक्रममा समेटिएको बताउँदै उनले कानूनबमोजिम भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही भएको बताए ।

उपनेता नेम्वाङले प्रसारण लाइन निर्माण गरी भारत र बङ्गलादेशसम्म जलविद्युत् निर्यात गर्ने बारेमा समेत नीति तथा कार्यक्रममा उल्लेख छ भने । नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नेपालका अतिक्रमित भूमि समेटिएर नेपालको नक्सा जारी हुने बताउँदै उनले सबै एकताबद्ध भएर अघि बढ्न र जनतालाई निराशा होइन आशा बाँडौ भने ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  २ : ५४ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्