भारतबाट आएका २९ जना क्वारेन्टाइनमा « Khabarhub

भारतबाट आएका २९ जना क्वारेन्टाइनमा


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

शनिबार मध्यरात गाडीमा पुगेका उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा पुर्‍याइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो ।

पहिले गाउँपालिकाभित्रका विभिन्न स्थानमा बनाएका क्वारेन्टाइनमा सुरक्षा अभावका कारण मानिस अटेर गरेर गाउँ पस्ने र क्वारेन्टाइनमा नबस्ने गरेपछि सुरक्षास्थिति मजबुद बनाएर जिल्लास्तरीय क्वारेन्टाइन बनाएको हो ।

पछिल्लो समय एक हजार २६३ जना नागरिकको पिसिआर जाँच नेगेटिभ आएको जनाएको छ । जिल्ला बाहिरबाट मानिस आउने भएपछि आकस्मिकरुपमा स्थानीय तह, राजनीतिक दल र सुरक्षा प्रमुखको शनिबार बैठक बसेर कर्णाली प्राविधिक शिक्षालयलाई जिल्लाकै एकीकृत क्वारेन्टाइन तयार गर्ने निर्णय गरिएको थियो ।

सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिका २०७६ अनुसार तयार गरिने भएको छ । निर्देशिका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मेडिकल अधिकृत रहने गरी क्वारेन्टाइन परिचालन समिति गठन तथा परिचालन गरिएको छ । क्यारेन्टाइनमा निर्देशिका अनुसार व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । उनले खाना, खाजा र व्यायामसहित सिकाउने योजना रहेको जानकारी दिए ।

यता भारतमा ४५ दिन अलपत्र परेर जिल्लामा आएका नागरिकले सरकारले उद्धार गरेर राहात गरेकामा खुशी व्यक्त गरेका छन् । हिमा गाउँपालिका–१ देवारगाउँ निवासी गगन शाहीले हामीलाई उद्धार गरेर आफूहरुलाई मातृ जिल्लामा ल्याएकामा सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गरे ।

उनले सरकारको नियम पालना गरी एक महिना भए पनि क्वारेन्टाइनमा बस्ने बताए । क्वारेन्टाइनमा बस्न कसैका लागि नभई आफ्ना लागि भएको हिमा गाउँपालिका–३ ओदीका दिलबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ३ : ५५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा