चन्द्रागिरी नपामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध « Khabarhub

चन्द्रागिरी नपामा घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन क्वारेन्टाइन निर्माणलाई प्राथमिकता दिएको छ ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको सो नगरपालिकाभित्र कोरोना सङ्क्रमित बढेसँगै क्वारेन्टाइन थप गर्न लागेको हो ।

नगर प्रवक्ता हरिभक्त महर्जनले क्वारेन्टाइनको क्षमता विस्तार गर्न लागिएको जानकारी दिइन ।

नगरपालिकामा हाल ४० श्ययाको क्वारेन्टाइन तयारी अवस्थामा गरेको छ । चन्द्रागिरि अस्पतालमा १५ र चुनदेवी माध्यमिक विद्यालय थानकोटमा २५ श्ययाको रहेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टाइन विस्तार गर्न लागेको छ ।

हाल चन्द्रागिरिमा कोरोना सङ्क्रमित देखिएका व्यक्तिलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गरिँदै आएको छ । हालसम्म सो नगरपालिकामा पाँचजनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जनाइएको छ ।

नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकालाई यही जेठ ७ गतेसम्म सिल गरिएको छ ।

नगरपालिका सिल गरेसँगै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध गरिएको छ ।

सशस्त्र प्रहरी अस्पतालमा १२० क्षमताको आइसोलेशन वार्ड स्थापना गरी कोरोना सङ्क्रमितको उपचार गरिँदै आएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको जोखिम हुन नदिन सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : १० बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का