भारतबाट आएका ३३ जना झापाको क्वारेन्टाइनमा राखियो « Khabarhub

भारतबाट आएका ३३ जना झापाको क्वारेन्टाइनमा राखियो


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- भारतको मुम्बईबाट फर्किएका ३३ जना नेपालीलाई झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । गएको शुक्रबार राति पाँचदेखि १० जनासम्मको समूह बनाई उनीहरु केचना, पाठामारी र घेराबारीबाट राति नेपाल प्रवेश गरेका थिए ।

उनीहरु सबै कचनकवल गाउँपालिकाकै रहेको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए । केचनकवल –२ स्थित पथरिया माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । रोजगारीका सिलसिलमा उनीहरु मुम्बई पुगेको अध्यक्ष आलमको भनाई छ ।

‘ट्रेनबाट ल्याएर नेपालीहरुलाई भारतीय एसएसवीले सीमाबाट सजिलै छाडिदिँदोरेहछ’, उनले भने, ‘सीमामा खटिएका सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उनीहरुलाई तत्काल कब्जामा लिएर क्वारेन्टाइनमा राखेका छौं । आफ्ना नागरिकको सुरक्षा गर्ने दायित्व हाम्रै हो ।’

क्वारेन्टाइनमा राखिएका सबैको स्बाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

अध्यक्ष आलामले भारतको दिल्ली, मुम्बई, केरेलालगायतका स्थानमा १० हजार बढी युवाहरु कचनकवल गाउँपालिकाबाट मात्र रोजगारीका लागि गएको जानकारी दिए । उनले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नेपालीलाई परिवारसँग घुलमिल नभई पालिकाले तयार गरेको क्वारेन्टाइनमा आएर बसिदिन समेत आग्रह गरेका छन् । पालिकाले १५० जना अटाउने सक्ने क्षमताको दुईवटा स्थानमा क्वारेन्टाइन तयार गरेको छ ।

भारतीय सीमावर्ती क्षेत्र पानीटेङ्की, नक्सलबाडीलगायतका क्षेत्रमा अलपत्र परेका नौ सय नेपालीलाई सोमबारसम्ममा नेपाल फर्काउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

उनीहरुलाई स्थानीय तहले नाकामा तयार गरिएको होल्डिङ सेन्टरमा राखेर आरडिटी परीक्षण पछि आ–आफ्ना जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ४ : ४५ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०