लकडाउनमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने युवा पक्राउ | Khabarhub Khabarhub

लकडाउनमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने युवा पक्राउ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको समयमा सैनिक पोशाक लगाएर ओहोर-दोहोर गर्ने गैह्र सैनिक एक युवा पक्राउ परेका छन् ।

सेनाको पोशाक लगाएर मोटरसाइकल चलाउँदै गरेका बाँसबारी बस्ने २९ वर्षीय सुशील खड्कालाई सेनाले पक्राउ गरेको हो ।

बाँसबारीमा राजु कोल्डस्टोर नामको होटलका सञ्चालक खड्कालाई सैनिक प्रहरीले महाराजगन्जबाट नियन्त्रणमा लिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

प्रहरीले चेक नगरोस् भनेर खड्काले सधैँ सैनिक पोशाक लगाएर आवतजावत गर्दै आएको खुलेको पाण्डेले बताए।

प्रवक्ता पाण्डेका अनुसार, लकडाउनका समयमा सैनिक पोशाक लगाएका व्यक्तिले चलाएका सवारी साधनको ओहोरदोहोर बाक्लो देखिएको भन्ने गुनासो प्राप्त भएपछि सैनिक मुख्यालय जङ्गी अड्डाले जाँच गर्न उपत्यका चार स्थानमा सैनिक जवान समेत खटाएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ६ : २७ बजे

चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कार्णाली ४ विकेटले पराजित

काठमाडौं – नेपाली प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध

सियोल–अमेरिका पनडुब्बी सम्झौता : ‘आणविक डोमिनो’ सुरु हुने उत्तर कोरियाको दाबी

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका बीच

शंकर पोखरेलको तर्क : सरकारलाई नै विश्वास नभएको चुनाव हुँदैन, विघटित संसद्लाई फर्काऊँ

काठमाडौं- गत भदौ २७ गते विघटित प्रतिनिधिसभाका नेकपा एमाले संसदीय

गुलाफको फूलसहित निर्वाचनमा आयोगमा विप्लवको बाजागाजा र र्‍याली

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) आगामी फागुन २१

बन्दुक छाडेका विप्लवले अब बोक्ने छन् गुलाफको फूल (तस्बिरहरू)

काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन