धनुषामा पेस्तोलसहित २ जना पक्राउ « Khabarhub

धनुषामा पेस्तोलसहित २ जना पक्राउ


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रहरीले धनुषामा हतियारसहित २ जनालाई पक्राउ गरेको छ ।

धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित झण्डा चोकबाट हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको संयूक्त टोलीले चेकजाच गर्ने क्रममा २ जना पक्राउ गरेको हो ।

शंकाको आधारमा ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा उनीहरुको साथबाट हतियार बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

मोटरसाईकलमा सवार कमला नगरपालिका वडा नम्बर ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवानको साथबाट कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली बरामद प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै मोटरसाईकल चालक सोही गाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह समेतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सापकोटाले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : २२ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०