उपत्यकाका १० ठाउँमा सिल | Khabarhub Khabarhub

उपत्यकाका १० ठाउँमा सिल


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन थालेपछि काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा सिल गरिएको छ । सिल नगरिएका ठाउँमा पनि स्थानीयले भित्रि सडकमा तारबार लगाएर आवतजावत बन्द गराएका छन् ।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको प्रसुती गृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड, बौद्ध क्षेत्रको कपन राधाकृष्ण मन्दिर क्षेत्र, चन्द्रागिरी नगरपालिका, बालाजु चोक, कालिमाटीका– १३ आसपासको ३०० मिटर क्षेत्र सिल गरिएको छ ।

यस्तै ललितपुरको पुल्चोक निदान अस्पताल, भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी एरियामा पनि सिल गरिएको छ ।

महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार उपत्यकामा उच्च जोखिम बढेपछि कोरोना संक्रमित भएका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउँदै कडा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा प्रसुती गराएर फर्किएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोना संक्रमणबाट ज्यान गरेपछि त्यस क्षेत्रमा थप कडाइ गरिएको छ ।

पछिल्लो सयमा काठमाडौं उपत्यकाका त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा पनि कोरोनाको संक्रमण देखिएपछि डाक्टर, नर्स, स्वास्थ्यकर्मीलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सामग्रीबाहेक अन्यलाई आवजावतमा रोक लगाएको थियो भने काठमाडौंका गल्लीमा हिँड्ने मानिसहरू समेतलाई पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो ।

भित्रि बाटोमा स्थानीयले नै लगाए तारबार

काठमाडौं उपत्यकामा केही दिनअघि लकडाउन निकै खुकुलो भएको थियो। बिहान र बेलुका सडकमा ट्राफिक जाम हुन थालेको थियो। मान्छेहरूको भिड बढ्न थालेको थियो।

तर शनिबार र आइतबार कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको पुष्टि भएपछि फेरि काठमाडौंका सडकमा गाडी पातलिएका छन्।

मुख्य सडकमात्र होइन भित्री गल्लीहरूमा पनि मानिसहरूको आवातजावत कम भएको छ। कतिले आफ्नो टोलको गल्लीमा तारबार नै लगाएका छन्। काठमाडौं र पाटनका गल्लीहरूमा विभिन्न सूचनाहरू टाँसेर बाटो रोकिएको छ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ३२ बजे

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेराष्ट्रवियुले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर