उपत्यकाका १० ठाउँमा सिल « Khabarhub

उपत्यकाका १० ठाउँमा सिल


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन थालेपछि काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा सिल गरिएको छ । सिल नगरिएका ठाउँमा पनि स्थानीयले भित्रि सडकमा तारबार लगाएर आवतजावत बन्द गराएका छन् ।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको प्रसुती गृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड, बौद्ध क्षेत्रको कपन राधाकृष्ण मन्दिर क्षेत्र, चन्द्रागिरी नगरपालिका, बालाजु चोक, कालिमाटीका– १३ आसपासको ३०० मिटर क्षेत्र सिल गरिएको छ ।

यस्तै ललितपुरको पुल्चोक निदान अस्पताल, भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी एरियामा पनि सिल गरिएको छ ।

महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार उपत्यकामा उच्च जोखिम बढेपछि कोरोना संक्रमित भएका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउँदै कडा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा प्रसुती गराएर फर्किएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोना संक्रमणबाट ज्यान गरेपछि त्यस क्षेत्रमा थप कडाइ गरिएको छ ।

पछिल्लो सयमा काठमाडौं उपत्यकाका त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा पनि कोरोनाको संक्रमण देखिएपछि डाक्टर, नर्स, स्वास्थ्यकर्मीलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सामग्रीबाहेक अन्यलाई आवजावतमा रोक लगाएको थियो भने काठमाडौंका गल्लीमा हिँड्ने मानिसहरू समेतलाई पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो ।

भित्रि बाटोमा स्थानीयले नै लगाए तारबार

काठमाडौं उपत्यकामा केही दिनअघि लकडाउन निकै खुकुलो भएको थियो। बिहान र बेलुका सडकमा ट्राफिक जाम हुन थालेको थियो। मान्छेहरूको भिड बढ्न थालेको थियो।

तर शनिबार र आइतबार कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको पुष्टि भएपछि फेरि काठमाडौंका सडकमा गाडी पातलिएका छन्।

मुख्य सडकमात्र होइन भित्री गल्लीहरूमा पनि मानिसहरूको आवातजावत कम भएको छ। कतिले आफ्नो टोलको गल्लीमा तारबार नै लगाएका छन्। काठमाडौं र पाटनका गल्लीहरूमा विभिन्न सूचनाहरू टाँसेर बाटो रोकिएको छ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ३२ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०