भारतमा मे ३१ सम्म लम्ब्याइयो लकडाउन « Khabarhub

भारतमा मे ३१ सम्म लम्ब्याइयो लकडाउन


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले कोरोना संक्रमण रोकथामका लागि लागू गरेको लकडाउन पुनः लम्ब्याएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउन पुनः थपेर मे ३१ अर्थात जेठ १८ सम्म पुर्‍याएको छ ।

भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए।

सोही अनुरुप भारतीय गृहमन्त्रालयले नयाँ दिशानिर्देश जारी समेत गरेको छ । जसमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ ।

मेट्रो रेल समेत बन्द गरिने जनाइएको छ । राति ७ बजे देखि बिहान ७ बजेसमम् कर्फ्यू जारी रहने समेत जनाइएको छ ।

भारतमा गत चैत १२ गतेबाट लकडाउन जारी रहेको छ । भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ७ : ५२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी