थप पाँच लाख ‘र्‍यापिड टेस्ट किट’ ल्याउने तयारी « Khabarhub

थप पाँच लाख ‘र्‍यापिड टेस्ट किट’ ल्याउने तयारी


४ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको आरडीटी किट थप पाँच लाख थान ल्याउने तयारी थालिएको छ

बीआइडीएच म्यानेजमेन्ट (विद) प्रालिले थप पाँच लाख थान किट ल्याउने तयारी थालेको हो । यसै साता ती किट काठमाडौँ ल्याउने गरी तयारी थालिएको विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए ।

यसअघि सोही कम्पनीले निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्समार्फत एक लाख थान आरडीटी किट ल्याएको थियो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि विद म्यानेजमेन्टलाई जिम्मा दिएको थियो ।

सरकारले निजी क्षेत्रले सञ्चालनमा ल्याएका अस्पतालाई समेत कोरोना परीक्षणका लागि अनुमति दिएको छ । सो अनुमतिपछि कोरोना परीक्षणको दायरा बढ्ने विश्वास लिइएको छ ।

सरकार तथा विभिन्न निजी अस्पतालको आग्रहमा ती किट ल्याउन लागिएको हो । यसको बजार मूल्य प्रतिकिट रु ५६५ रहने रहेको छ । विद म्यानेजमेन्टका प्रमुख भण्डारीले चीनको राजधानी बेइजिङबाट ती किट ल्याउन लागिएको बताए ।

यसअघि विद म्यानेजमेन्टले गत वैशाख १७ गतेको सम्झौताअनुसार सामान ल्याएको थियो । यसअघि सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो ।

सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको थियो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले थप सामान आयात गर्न लागिएको हो ।

प्रकाशित मिति : ४ जेठ २०७७, आइतबार  ९ : ०० बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले