भारतमा कोरोनाले एकै दिन २ हजारभन्दा बढीको मृत्यु « Khabarhub

भारतमा कोरोनाले एकै दिन २ हजारभन्दा बढीको मृत्यु


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १३५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ५४ हजार १६१ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : २४ बजे

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको

कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ